अहिंसात्मक सञ्चार(NVC)को माध्यमबाट विद्यालयमा शान्तिको सँस्कृति

फिल्म : ‘हरेक कार्यको पछाडि एउटा आवश्यकता रहेको  हुन्छ’ – नेपाली सबटाइटल सहित Nepali

 

Kommunikation for Livet NVC Film - Nepali

 

‘हरेक कार्यको पछाडि एउटा आवश्यकता रहेको  हुन्छ’ नामक फिल्म फिल्म, झैझगडाहरू अपरिहार्य छ भन्ने धारणामा आधारित छ  । र यदि हामी त्यस्ता झैझगडाहरू नजिक भयौ र तीनका पछाडि लुकेका आवश्यकताहरू ध्यान केन्द्रित गर्न सक्यौ भने ती झैझगडाहरू सामाजिक र व्यक्तिगत सीपको विकासको लागि आधार पनि हुन सक्छन् । फिल्मले कुनै कार्यको लागि तथ्यहरू, भावनाहरू र आवश्यकताहरूको वर्णन गरेर कसरी फिल्म र अहिंसात्मक संचार (NVC) को सम्बन्ध बुझ्न र त्यसमा सहभागी हुन सकिन्छ भनेर वर्णन गरेको छ। अहिंसात्मक संचार (NVC) एक विश्वव्यापी प्रक्रिया हो जुन तपाईं झैझगडाहरू समाधान गर्न र विश्वास पुनःस्थापना गर्न प्रयोग गर्न सक्नुहुनेछ।

अहिंसात्मक संचार (NVC) ले विद्यालयहरूमा शान्तिपुर्ण सिकार्इका लागि वातावरण बनाउन योगदान दिन सक्दछ । विद्यालयका शिक्षकहरूले झैझगडाहरूमा कसरी प्रस्तुत हुन्छन र कसरी उनीहरूले सामूदायिक भावना तथा विद्यालयमा शान्तिको सँस्कृती बढाउन काम गरिरहेका छन भनेर हेर्नुहोस ।  विद्यालय पढाउने शिक्षकशिक्षिकाहरूले अहिंसात्मक सञ्चार (NVC) को प्रयोग गरेर विद्यार्थीहरूलार्इ जटिल र परिवर्तनशिल संसारको सामना गर्न सक्ने बनाउन सक्दछन ।

विद्यालयहरूका लागि निशुल्क सामाग्रीहरू

यस फिल्ममा शिक्षकहरूले अनुभुति र आवश्यकताका शब्दहरू त्यसैमा छापिएका कार्डहरू प्रयोग गरेका छन । यहाँबाट निशुल्करूपमा कार्डहरू डाउनलोड गर्नुहोस ।

Feeling and Needs Cards

हामीले शिक्षकहरू र बालबालिकाहरूको समुहका लागि अहिंसात्मक सञ्चारका अभ्यासहरू भएका हातेपुस्तिका तयार गरेका छौ। शिक्षकहरूका लागि हातेपुस्तिका यहाँबाट डाउनलोड गर्नुहोस ।

Free Nonviolent Communication Teachers' Handbook Nepali
अहिंसात्मक सञ्चार मार्फत विद्यालयमा शान्तिको सँस्कृति फिल्म १ हरेक कार्यको पछाडि एउटा आवश्यकता हुन्छ

फिल्म १: अहिंसात्मक सञ्चार (NVC) को माध्यमबाट विद्यालयमा शान्तिको सँस्कृति – हरेक कार्यको पछाडि एउटा आवश्यकता रहेको  हुन्छ 

विद्यालयमा अहिंसात्मक सञ्चार प्रयोगगर्ने बारेमा परिचय । एकजना आधारभुत (प्राथमिक) विद्यालय पढाउने शिक्षिकाले अहिंसात्मक सञ्चार (NVC) र त्यसले उनको कक्षाकोठाको वातावरण परिवर्तन गरेको अनुभवका बारेमा हामीले सुन्ने छौ । र दुईजना साना विद्यार्थीहर विचको झगडा बारेमा पनि यो फिल्ममा थाहा हुनेछ ।

अहिंसात्मक सञ्चार मार्फत विद्यालयमा शान्तिको सँस्कृति फिल्म २ – द्वन्द देखि सम्बन्धसम्म र चार तत्व

फिल्म २ : अहिंसात्मक सञ्चार(NVC)को माध्यमबाट विद्यालयमा शान्तिको सँस्कृति – द्वन्द देखि सम्बन्धसम्म : अहिंसात्मक सञ्चार (NVC) विधिको चार तत्वहरु  यस फिल्ममा एक जना शिक्षकले अहिंसात्मक सञ्चार(NVC)को चार तत्वहरु (अवलोकन, अनुभुती, आवश्यकता र अनुरोध) प्रयोग गरेर कसरी फिल्म १ मा रहेको द्वन्दलाई समाधान गर्छिन भनेर देखाईएको छ । फिल्म १ का दृश्यहरुलाई अझै थपेर देखाईएको छ ।
अहिंसात्मक सञ्चार मार्फत विद्यालयमा शान्तिको सँस्कृति फिल्म ३- आफ्नो अनुभूतिको जिम्मेवारी आफैले लिने

फिल्म ३ : अहिंसात्मक सञ्चार(NVC)को माध्यमबाट विद्यालयमा शान्तिको सँस्कृति – आफ्नो अनुभूतिको जिम्मेवारी आफैले लिने ।   फिल्म १ मा रहेको दृश्यहरुलाई निरन्तरता दिइएको छ । र कसरी अनुभुती र आवश्यकताका कार्डहरु प्रयोग गरि द्वन्दमा रहेका बालबालिकाहरुलाई उनीहरुका अनुभुतीहरु र आवश्यकताहरु बताउन सघाउने भनेर देखाईएको छ ।
अहिंसात्मक सञ्चार मार्फत विद्यालयमा शान्तिको सँस्कृति फिल्म ४- अरुको लागि समानुभुती, अरुलाई बुझ्दा

फिल्म ४ : अहिंसात्मक सञ्चारको माध्यमबाट विद्यालयमा शान्तिको सँस्कृति – अरुको लागि समानुभुती, अरुलाई बुझ्दा।  यस फिल्ममा शिक्षिकाले सहयोग गरेपछि बालबालिकाहरुले कसरी अरुको अनुभुतीहरु र आवश्यकताहरुको अनुमान गर्दछन र कसरी द्वन्दहरुबाट पनि थप सिकाई लिन सकिन्छ भनि देखाइएको छ ।
अहिंसात्मक सञ्चार मार्फत विद्यालयमा शान्तिको सँस्कृति फिल्म ५ रिस देखि समानुभुतीसम्म, मोना र मोहम्मद

फिल्म ५ :  अहिंसात्मक सञ्चार(NVC)को माध्यमबाट विद्यालयमा शान्तिको सँस्कृति – रिस देखि समानुभुती सम्म, मोना  र मोहम्मद । यस फिल्ममा कक्षा ६ का विद्यार्थी मोहम्मद र शिक्षिका मोनाले उनीहरुको अनुभुती र आवश्यकताका बारेमा कुराकानी गर्छन र त्यसरी गरिएको कुराकानीले उनीहरुलाई कसरी रिस र स्व–समानुभुतीको बारेमा जानकारी पाउन मदत भयो भनी फिल्ममा देखाईएको छ ।

काठमाण्डौमा रहेको आर्क प्राली (www.arcanalysis.com.np) ले यो नेपाली भाषानुवादको सहकार्य गरेको हो । अहिंसांत्मक सञ्चार(NVC) को अरु थप जानकारी तथा यस भाषामा अरु सामाग्रीहरुको लागी हाम्रो यो वेबसाइटमा जानुहोस : www.arcanalysis.com.np

द लिभकम एसोसियसनका  लागि तयार पारिएको

अहिंसांत्मक सञ्चारका तालिमकर्ता तथा परामर्शदाताः क्रिस्टेन क्रिस्टेन्सेन, सम्पर्क

प्रायोजकः शिक्षा मन्त्रालय, डेनमार्क

उत्पादन तथा ब्यवस्थापनः म्यारियन रास्मुसेन, फिल्मकोम्पानिट Filmkompagniet

नेपाली भाषानुवादः राजिब तिमल्सिना

विस्तृत अनुभुती र आवश्यकताका कार्डहरूः सुरा हार्ट र भिक्टोरिया किण्डल हडसनको ‘सम्मानित अभिभावक, सम्मानित बच्चाहरू’ नामक किताबबाट

सर्वाधिकारः फिल्मकोम्पानिट, डेनमार्क। फिल्मकोम्पानिटले विद्यालयमा राम्रो गर्न सकिने विधिहरूको बारेमा २४ वटा फिल्महरू उत्पादन गरिसकेको छ, अरू हेर्नकालागिः www.filmkompagniet.dk मा जानुहोस र अंग्रेजीमा केहि फिल्महरू यहाँ छनः www.filmkompagniet.dk/english-subtitles/

Translation

If you would like to make these films available in your own language 
Please get in touch with me here so that we can make an agreement about the process of translation, production and distribution of the films in your own language.

The videos are free to share as they are. Translating them into a new language requires a contract with me ? The purpose of the contract is to assure connection and quality ?

You get the English subtitles for free to translate into your own language, and create soft-embedded subtitles. If you want me to embed the subtitles on the film, I ask that you cover the cost. No other fee is to be paid.